कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय
स्वास्थ्य सेवा कार्यालय, हुम्ला
परिचय
कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । जिल्लाको सदरमुकाम सिमकोट रहेको छ । भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९º ३५'' देखि ३०º ५७'' उत्तरी अक्षांश र ८१º १८'' देखि ८२º १०'' मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५,६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १,५२४ मिटर देखि ७,३३७ मिटरमा उचाइमा अवस्थित रहेको छ । यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिममा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ । यस जिल्लामा सात वटा स्थानीय तह र ४४ वटा वडाहरु रहेका छन् भने १ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय मातहत रहेको यस कार्यालयले संघ तथा प्रदेश सरकारको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यक्रमहरु कार्यान्वयन, अनुगमन तथा सुपरिवेक्षण गरी स्थानीय तहका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाहरुलाई आवश्यक क्षमता विकासका कार्यक्रम तथा प्राविधिक सहयोग गर्दछ भने चिकित्सा शाखा ( हुम्ला जिल्ला अस्पताल ) बाट क्लिनिकल सेवा प्रदान गरिन्छ । हुम्ला जिल्ला अस्पताल १५ शैयाको प्राथमिक अस्पताल भएता पनि अस्पताल व्यवस्थापन समितिबाट ८ शैया थप गरी हाल २३ शैया संचालनमा रहेका छन् ।


डा. प्रतिक्षा भारती
कार्यालय प्रमुख


नन्द बहादुर शाही
सूचना अधिकारी
९८५८३२०८७९
हुम्ला जिल्ला अस्पतालमा उपलब्ध सेवाहरु
१) चौबिसै घण्टा इमर्जेन्सी सेवा
२) अन्तरंग ( बिरामी भर्ना ) सेवा
३) चौबिसै घण्टा एम्बुलेन्स सेवा
४) फार्मेसी सेवा
५) ल्याब सेवा
६) एक्सरे सेवा
७) इ.सी.जी. सेवा
८) भिडियो एक्सरे सेवा
९) जनरल ओ.पि.डी. सेवा
१०) माइनर अपरेसन सेवा
११) प्लास्टर सेवा
१२) गर्भवती जाँच, सुरक्षित गर्भपतन तथा प्रसुती सेवा ( शल्यक्रिया विधि बाट समेत )
१३) नवजात शिशु स्याहार (SNCU Level II ) सेवा
१४) शव परीक्षण तथा ओ.सी.एम.सी सेवा
१५) परिवार नियोजन सेवा (अस्थायी तथा स्थायी बन्ध्याकरण सेवा)
१६) खोप सेवा ( बालबालिकाको र गर्भवतीको लागि नियमित खोप तथा टि.टि. र एन्टीरेबिज खोप )
१७) बृद्दी अनुगमन, पोषण अवस्थाको लेखाजोखा तथा ओ.टि.सी. सेवा
१८) ५ वर्ष मुनिका बालबालिकाहरुमा हुने रोगहरुको एकीकृत व्यवस्थापन सेवा
१९) ए.च. आइ. भी., यौन तथा प्रजनन रोगहरुको निदान, व्यवस्थापन तथा प्रेषण सेवा
२०) टि.बि., मलेरिया, कालाजार, कुष्ठरोग,डेंगु लगायतका संक्रामक रोगको निदान, व्यवस्थापन तथा प्रेषण सेवा
२१) नर्सर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याहरुको निदान, व्यवस्थापन तथा प्रेषण सेवा
२२) दुर चिकित्सा ( टेलिमेडिसिन ) सेवा, जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा सेवा
२३) चमेना गृह

